आयोडीनयुक्त नूनको प्रयोग बढ्दो



अमरगढी ।
केही वर्षयता डडेल्धुरामा आयोडिनयुक्त नूनको प्रयोग बढ्दै गएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालयले जिल्ला सदरमुकाम तूफानडाँडा डिपो सञ्चालनमा ल्याएपछि जिल्लामा आयोडीनयुक्त नूनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

बढ्दो जनचेतना तथा विभिन्न सञ्चार माध्यमबाट आयोडिनयुक्त नूनको महत्वबारे जानकारी हुन थालेपछि प्रयोग पनि बढ्दै गएको नेपाल साल्टट्ेडिङ डडेल्धुरा डिपोका कर्मचारी देवबहादुर पालले बताउनुभयो । नवदुर्गा, गान्यापधुरा र भागेश्वर क्षेत्रका विकट गाउँपालिका स्थानीयवासीले भने अझै ढिके नून नै बढी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

नवदुर्गाको चमा÷चौड, भागेश्वरको जाँख र गान्यापधुराको रेल रुमायल क्षेत्रका विकट बस्ती जिल्ला सदरमुकामसम्म आउन समस्या हुने भएकाले उक्त क्षेत्रका स्थानीयवासीले आयोडिनयुक्त नून कम प्रयोग गर्ने गरेको हुनसक्ने कुँवरको भनाइ छ ।

अहिले बजारमा आयोडिनयुक्त नून पाइने गरेको तथा साल्ट ट्रेडिङको तूफानडाँडा डिपोबाट पनि धेरैले आयोडिनयुक्त नून खरीद गर्ने गरेको पालले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्