कपिलवस्तुमा घूससहित विव्यस सदस्य पक्राउ



कपिलवस्तु ।
शिक्षक भर्नाका लागि घुस लिँदै गरेको अवस्थामा कपिलवस्तुको एक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य रंगेहात पक्राउ परेका छन्।
जिल्लाको यशोधरा गाउँपालिका वडा नं। ३ स्थित श्रीकृष्ण माविका वि।व्य।स। सदस्य विजयनाथ चौवे पक्राउ परेका हुन् ।
विद्यालयमा शिक्षक भर्नाका लागि उनले एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन । बुटवलबाट गएको अख्तियारको टोलीले चौबेलाई स्थानीय रेसुंगा होटेलबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्