प्रधानमन्त्रीले जन्मदिनको अवसरमा आँपको बिरुवा रापे



k|d cf]nLaf6 cfFksf] la?jfdf kfgL l;~rg k|wfgdGqL s]kL zdf{ cf]nL cfˆgf] ^*cf}F hGdf]T;jsf] cj;/df zlgaf/ k|wfgdGqL lgjf; afn’jf6f/df cfFksf] la?jf /f]kL la?jfdf kfgL l;Grg ub}{ . tl:a/, ;f}hGoM k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोप्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोप्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्