नेपाल बंगलादेश बैंकको लेकसाइडमा एटीएम



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६औं एटीएम पोखराको लेकसाइडस्थित एटीएम लान्जबाट सञ्चालनमा ल्याएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले एक कार्यक्रमबीच उक्त एटीएम सेवाको उद्घाटन गर्नुभयो।

साथै सो एटीएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंक विश्वस्त रहेको छ। उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटीएमबाट बैंकिङ सुविधा दिंँदै आएको र देशभरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ६५ वटा एटीएमबाट बैंकिङ सुविधा दिंँदै आएको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्