दैनिक दुई लाख अण्डा उत्पादन



अमृत अर्याल, स्याङ्जा
जिल्लाको भीरकोट नगरपालिका–७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ। केके एग्रो ग्रुपअन्तर्गत सञ्चालित फार्मले ब्याट्री केज ९जर्मन प्रविधि० मा अण्डा उत्पादन गर्दै आएको हो।

५०÷५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन ९ईसी हाउस० बाट अण्डा उत्पादन हुँदै आएको छ। उत्पादन क्षमता बढाउन फार्मले थप एक ईसी हाउस निर्माण गर्न थालेको छ। फार्मबाट उत्पादित अण्डा गण्डकी र ५ नम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ। सोही फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा अण्डामा आत्मनिर्भर बनेको छ। ‘करिब ५० रोपनी जग्गामा झण्डै ७० करोड रुपियाँको लागतमा फार्म निर्माण गरिएको हो।’ फार्मका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले भन्नुभयो–‘विषेशगरी लेयर्स प्रजातिको कुखुराबाट अण्डा उत्पादन गर्ने फार्म नेपालकै ठूलो हो।’ फार्ममा अत्याधुनिक प्रविधिको प्रयोग गरेर अण्डा उत्पादन गरिएको ढकालले जानकारी दिनुभयो।

फार्मले प्रत्यक्ष ८० र अप्रत्यक्ष सयौ कामदार र व्यावसायिक पसललाई रोजगारी दिएको छ। स्याङ्जामा उत्पादित अण्डा स्थानीय बजार, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पाल्पा, गुल्मी र अर्घाखाँचीमा निकासी हुँदै आएको फार्मले जनाएको छ। पछिल्लो समय कुखुरा पालनमा आवश्यक ज्ञानसिप अभावमा जथाभावी लगानी गर्दा अण्डाको बजारीकरणमा समस्या देखिएको फार्मले जनाएको छ। व्यावसायिक फार्महरू निर्माण हुन नसक्दा उत्पादित अण्डाको बजारीकरणमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको छ। फार्मका अनुसार आवश्यक ज्ञानसिप आर्जन गरेर लगानी गर्ने हो भने आम्दानीमा समेत बढवा आउने थियो।

केके एग्रो ग्रुपले अण्डाका अलवा फार्मबाट निकासी हुने कच्चा पदार्थ ९सुली० र स्थानीय स्तरमा संकलित कच्चा पदार्थ ९गाई, भैंसीको गोबर० मिलाएर स्याङ्जाकै पुतलीबजार नगरपालिका–४ नागडाँडामा बायोग्यास प्लान्टसमेत सञ्चालनमा ल्याएको छ। झण्डै २० रोपनी जग्गामा करिब ३० करोडको लागतमा प्लान्ट सञ्चालनमा आएको हो।

३ हजार ५ सय १० घनमिटरको बायोग्यास पावर प्लान्टबाट दैनिक ३ सय ५० किलोवाट क्षमताको विद्युत्, खान पकाउन प्रयोग हुने ग्यास र नेपालको कृषि नीतिले तोकेको मापदण्ड अनुसार १२ टन अर्गानिक धुले र दाना गरी दुई किसिमका मल उत्पादन गर्दै आएको छ। ‘प्लान्टमा उत्पादित विद्युत्लाई आन्तरिक रूपमै खपत गरिएको छ।’ फार्मका प्रमुख कार्यकारी अधिकृत राजेश ढकालले भन्नुभयो–‘ग्यासलाई बोटलिङ गर्न लागिएको छ भने मललाई स्थानीय बजारमा बिक्री गर्ने तयारी गरिएको छ।’ उत्पादित मलको बजारीकरणमा समस्या रहेको उहाँले सुनाउनुभयो।

नेपालमा वर्षेनी करोडौंको रासानिक मल आयात हुँदा समेत कृषकले मल नपाउने गरेकोे अवस्था रहेको अधिकृत ढकालले बताउनुभयो। अर्गानिक मल उत्पादकको लगानी सुनिश्चित गर्न र प्रयोग बढाउनेतर्फ सरकारले चासो देखाउन ढकालले आग्रह गर्नुभयो। ढकालले सरकारसँग विषादीको प्रयोगमा कमि ल्याउने अभियान प्रभावकारी बनाउन माग गर्नुभएको छ। केके एग्रो ग्रुपले पूर्वका प्रदेश नं। १, २ र ३ लाई लक्षित गरी धनुषामा २ अर्बको लगानीमा दैनिक ५ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न लागेको छ। फार्म स्थापना गर्न १ सय ५६ रोपनी जग्गा खरिद गरेर निर्माणको प्रक्रिया अगाडि बढाएको निर्देशक ढकालले जानकारी दिनुभयो। निर्माणको तयारी गरिएका फार्ममा जर्मनी, चाईनिज र कोरियन प्रविधिको प्रयोग गरिने उहाँले बताउनुभयो।

ग्रुपअन्तर्गत दैनिक १० लाख अण्डा उत्पादन गर्ने उद्देश्यले पश्चिमका प्रदेश नं। ६ र कर्णाली प्रदेशलाई आधार बनाएर कैलालीमा ३ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न आन्तरिक तयारी तीव्र पारिएको छ। ग्रुपले लेयर्स कुखुराको अण्डा उत्पादन गर्न २ वर्षभित्र झण्डै ५ अर्ब लगानी गर्ने योजना अगाडि सारेको छ। ग्रुपले स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित राम्दीमा दैनिक ४ सय मेट्रिकटन कुखुरालाई खुवाउने दाना उद्योग स्थापना गर्ने तयारी गरेको थियो। २ वर्षदेखि शुरू गरिएको तयारी स्थानीय सरकार र सरकारको लम्बेतान औद्योगिक नीति नियमका कारण उद्योग स्थापना हुन सकेको छैन। स्थानीय सकारको आवश्यक सहयोग र उद्योग मन्त्रालयले चासो दिएमा एक वर्षमै उद्योग सञ्चालनमा ल्याउन सकिने एग्रो ग्रुपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्