नेपाली महिला टोलीको थाइल्यान्डमा दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डमा दोस्रो जित निकालेर आईसीसी महिला टी २० विश्वकपको छनोटअन्तर्गत दोस्रो चरण पुग्ने आसलाई जीवीत राखेको छ।

थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो। यो नेपालको तीन खेलमा दोस्रो जित हो भने यूएईको पहिलो हार थियो। यसअघि नेपालले मलेसियालाई हराएर प्रतियोगितामा विजयी शुरूआत गरे पनि दोस्रो खेलमा थाइल्यान्डसँग हारेको थियो। ७ राष्ट्र सम्मिलित सो प्रतियोगितामा थाइल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ भने नेपालभन्दा माथि यूएई र चीन रहेका छन्। दुवैको ४ खेलमा ६÷६ अंक छ। नेपालको ४ अंक रहेको छ। नेपालले भोलि हङकङसँग खेल्नेछ। हङकङ यस प्रतियोगितामा तीन खेल खेलेकोमा तीनैमा पराजित भएको छ।

बैंककको मैदानमा नेपालले यूएईले दिएको ४२ रनको सहज लक्ष्य ३ विकेटको नोक्सानीमा १०।३ ओभरमा भेटाएकोे थियो। नेपालको जितमा कप्तान रुबिना क्षेत्री बेलबासी १८ रनमा नटआउट रहिन भने विकेटकिपर काजल श्रेष्ठले १५ रनको योगदान दिइन्। रुबीनाले १७ बलमा १ छक्का र २ चौका प्रहार गरेकी थिइन्। त्यस्तै ओपनर ब्याटसवोमेन काजलले २५ बलमा २ चौका प्रहार गरिन्। अन्यमा सीता रानामगरले ६ रनको योगदान दिँदा डेब्यु गरेकी अप्सरी बेगमले खाता पनि खोल्न सकिनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले १७।३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन जोडेको थियो। टोलीका लागि १३ रन जोडेकी चमानी सेनेविरत्ना नै दोहोरो अंकमा छुने एक मात्र खेलाडी बनेकी थिइन्। अन्यले नेपाली बलरको सामना गर्न सकेनन् र दोहोरो अंकमा पुग्न समेत सकेनन्। नेपालको तर्फबाट पूर्व कप्तान नेरी थापाले उत्कृष्ट बलिङ गरेकी थिइन्। प्लेयर अफ द म्याच नेरीले ३।३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिएकी थिइन्।

अगाडिको पतन भएका ६ विकेटमा कविता कुँवर, सीता रानामगर र सोनु खड्काले २÷२ विकेट बाँडे, उनीहरूले यूएईलाई ९ ओभरमा १९÷६ को कमजोर स्थितिमा पु¥याएका थिए। यसपछि नेरीको सानदार बलिङले यूएईका लागि सम्हालिन मौका पनि पाएन। नेरीले विपक्षी टोलीका सर्वाधिक रन बनाउने सेनेविरत्नालाई कविताको हातबाट क्याच गराएर विकेट लिन शुरू गरिन्। यसपछि उनले नमिता डिसुजा, नेहा शर्मा र इशानी सेनेविरत्नालाई आउट गरेर खेलमा ४ विकेट लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्