महेन्द्रनगर र अत्तरियाको उपाधि जित्ने दावी



नेपाल समाचारपत्र, धनगढी
तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदै छ। महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया फाइनलमा भिँड्दै छन्। फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ भने अत्तरिया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहनेछ। दुबै टोलीले च्याम्पियन बन्ने दावी गरेका छन्।

शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका हुन्। ‘जुन लक्ष्य लिएर आएका थियौं। अहिलेसम्म पुरा हुँदै आएको छ। अब एक खेल बाँकी छ’, महेन्द्रनगरका कप्तान शरदले भन– ‘योजना सामान्य छ। राम्रो क्रिकेट खेलिरहेका छौँ। हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं। ट्रफी जित्नेछौं।’

यसअघि महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो। महेन्द्रनगर पहिलोपटक फाइनलमा पुगेको हो। आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिष्कार गरेपछि महेन्द्रनगरले अत्तरियासँगको भेट पक्का गरेको हो। काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम हो।

अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको भएपछि कप्तान शरद च्याम्पियन टोलीलाई हराएर च्याम्पियन बन्ने दावी गर्छन्। ‘उनीहरूले उत्कृष्ट खेलिरहेकोमा कुनै दुविधा छैन। तर, च्याम्पियन बन्न च्याम्पियन टिमलाई हराउनुपर्छ। फाइनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ। जसले राम्रो खेल्छ उसले जित्छ। हाम्रो टिमले सही समयमा प्रदर्शन गरिरहेको छ। भोलिको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ –कप्तान शरदले भने।

अत्तरिया पनि पहिलोपटक डीपीएलको फाइनल पुगेको हो। अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने मौका रहेको छ। कप्तान दिपेन्द्र आफ्नो कप्तानीमा पहिलोपटक टिमलाई उपाधि दिलाउन चाहन्छन्। ‘हामीले जसरी क्रिकेट खेलिरहेका छौँ। त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्नेछौं,’ कप्तान दिपेन्द्रले भन– ‘फाइनलमा दबाब लिएर खेल्ने छैनौं। हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छांै।’ महेन्द्रनगर विरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसरसमेत हुनेछ। समूह चरणमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो। यस्तै दिपेन्द्रले फाइनलमा टोलीको मुख्य खेलाडी भारतका सन्नी पटेल र जयकिशन कोल्सावाला रहेको बताए।

प्रतिक्रिया दिनुहोस्