हिमालयन शेर्पाको जित



पोखरा, (नेस)
पोखरामा जारी २१औं आहा रारा गोल्डकपअन्तर्गत शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबले जित हात पारेको छ।
हिमालयन शेर्पाले धरान फुटबल क्लबलाई १–० गोलअन्तरले हराएको हो। टोलीका लागि एक मात्र गोल त्रिदेव गुरुङले गरेका थिए। उनले कप्तान मानबहादुर तामाङले बायाँ विंग्सबाट गरेको क्रसमा डाइभ गर्दै करिब ६ यार्डदुरीबाट हेडमार्फत् गोल गरेका थिए। उनी म्यान अफ द म्याच घोषित हुँदै ५ हजार नगदसमेत हासिल गरे। शनिबार हुने खेलमा नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्