पानी नपार्ने बादल



बादल पनि विभिन्न प्रकारको हुन्छः कालो बादल तर्साउँछ, सेतो बादल वर्षाउँछ। नेपालमा बादलको निकै चर्चा हुने गरेको छ। तर अस्ति भर्खर झरी पार्ने बादल नेपालको चाहिँ होइन। त्यो भारतबाट आएको रे। बादलसमेत बाहिरबाटै आउने गरेपछि नेपाल कसरी स्वावलम्बी र आत्मनिर्भर बन्न सक्छ खै रु धरहराको कुरोको चुरोको चर्चा तिनै बादलको हो जसले नेपालमा पानी पार्ने आमजनताको आशा थियो। तर त्यो आशा क्रमशः निराशामा परिणत हुँदै गएको देखेको छ धरहराले। विगतमा माओवादीले जनयुद्ध थाल्दा तिनै बादलको खूब चर्चा हुन्थ्यो– ‘ऊ त सैन्य रणनीतिकार रे माओवादी युद्धको’ रसियामा इन्जिनियरिङ पढ्न छोडेर नेपालमा गोबर सोर्न आएको रे।

त्यही बादलले केही वर्ष पहिले खुलामञ्चमा मडारिँदै आफैँ भनेको थियो– ‘देशको गोबर सोर्न हिँडेका थियौँ आधा सोहो¥यौैँ अब आधा सोर्न बाँकी छ।’ त्यही बादल माओवादीरूपी आकाशबाट फाटेर केही वर्षअघि पातलिएको थियो तर पनि बाक्लिन माओवादीकै आकाशमा टाँसियो। अनि चुनाव जितेर मन्त्रीसम्म हुने अवसर पायो। अस्तिताका ३३ किलो सुन र सिण्डीकेटको कुरा चल्दा यो बादलले राम्रै वर्षाउने देखेर दुनियाँ खुशी भएका थिए तर त्यो बादल निर्मला पन्त बलात्कार र हत्याकाण्डसम्म आइपुग्दा विस्तारै फाट्दै गयो। अहिले त्यो सूर्य छाप भएको पूर्वएमालेका अध्यक्ष केपी ओलीको तापमा परेर हट्दै फाट्दै गएको छ भन्ने सुन्नमा आएको छ। अनि विस्तारै प्रचण्ड ताप छोड्दै केपी तापमा परेको छ रे त्यो पनि गृहमन्त्री पद जोगाउनका लागि।’ त्यही भएर होला धरहरा मात्र हैन सबैले भन्न थालेका छन्– ‘पानी नपार्ने बादलको के काम?’

प्रतिक्रिया दिनुहोस्