चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गरिने



नेपाल समाचारपत्र, डोटी
जिल्लामा कार्यरत एक गैरसरकारी संँस्था सामुदायिक बिकास केन्द्र डोटीले आफनो कार्यक्षेत्रका ४ हजार लक्षित बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्र डोटी विचको साझेदारीमा सञ्चालित वाल स्पोन्सरसीप परियोजना अन्तरगत न्यानो लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिनु भयो । पहिलो चरणमा दिपायल सिलगढी नगरपालिका ९ को कलेनाका बालबालिकालाई न्यानो लुगाँ बितरण गरिएको सो सँस्थाले जनाएको छ ।

उक्त परियोजना अन्तरगत दर्ता गरिएका आदर्श, सायल, पूर्बीचौकी गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका परियोजना सञ्चालित वडाहरुका बालबालिकाहरुले कम्बल र ट्रर्याक सुट बितरण गर्ने कार्यक्रम रहेको छ । परियोजना अन्तरगत दर्ता गरिएका बालबालिकाहरुमा दलित, अपांग, बिपन्न, जोखिममा परेका, विपद जोखिममा रहेका घर परिवारका वालवालिकाहरु रहेको सामुदायिक बिकास केन्द्र डोटीले जनाएको छ ।

न्यानो लुगा अन्तरगत आदर्श गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र ७ का बालबालिकाहरु र दिपायल सिलगढी नगरपालिका वडा ९ का गरि २ हजार १०० वालवालिकाले कम्बल र ट्रर्याक सुट पाउने छन् भने बाँकी सायल गाउँपालिका वडा नं ४, ५ र ६, पूर्बीचौकी गाउँपालिका वडा नं. १, २, ३ र दिपायल सिलगढी नगरपालिका वडा नं. २ का गरि १ हजार ९ ०० बालबालिकाहरुलाई ट्रर्याक सुट बितरण गर्ने कार्यक्रम रहेको छ ।

लक्षित बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरि उनीहरुको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउने उद्देश्यले कम्बल र ट्रर्याक सुट बितरण गर्न लागिएको कार्यक्रम संयोजक जोशीले बताउनु भयो । यसै क्रममा दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनाका ३९७ बालबालिकाहरुलाई एक कार्यक्रमका बिचमा कम्बल र ट्रर्याक सुट बितरण गरि सकिएको र एक साता भित्र सबै बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरि सक्ने लक्ष रहेको सामुदायिक बिकास केन्द्र डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्