सरकार निरह जस्तै बन्यो ः ऊर्जामन्त्री



नेपाल समाचारपत्र, सल्यान
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले नेपालमा निमार्ण व्यवसायीहरुले शासन गरि रहेको बताएका छन् । नेपालको शासन व्यवस्था निमार्ण व्यवसायीको हातमा रहेको उनको भनाई छ ।

शुक्रबार सल्यान शितलपार्टीमा ३३÷११ सवेस्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले लोकतान्त्रिक पद्धतिमा जनताले देशमा शासन गर्नु पर्ने भएपनि निमार्ण व्यवसायीहरुले शासन गरि रहेको उनले बताए । उनले भने ‘सरकारले कार्यक्रम बनाउछ जनप्रतिनिधिले योजना बनाउछन जब टेन्डर तथा ठेक्का प्रणालीमा पुग्छ त्यसपछि योजना लम्बिन्छ र विकासको गति रोकिन्छ जसको अपजस प्रधानमन्त्री, जनप्रतिनिधिहरुले भोग्नु परि रहेको छ ।’

१२ वर्षमा १२ उर्जा मन्त्री फेरिएको र ती १२ मन्त्रीलाई एक ठेकेदारले शासन गर्दै आइरहेको उनको भनाई छ । निमार्ण व्यवसायिको अघि सरकार निरह जस्तै बन्नु परेको मन्त्री पुनको भनाई रहेको छ । राम्रो काम गर्ने ठेकेदारलाई अवको दुई तीनवर्ष भित्र सटलिस्ट गर्ने र तिनै सटलिस्टमा परेका निमार्ण व्यवासीबिच मात्र टेन्डर गरेर उनीलाई काम दिने तिर जाने मन्त्री पुनले बताए ।

अर्को एक प्रसंगमा मन्त्री पुनले सरकार संघीयता कार्यन्वयनमा गम्भिर भएर लागि परेका बताएका छन्् । सामाजिक न्याय सहितको समृद्धिलाई आत्मसाथ गर्न संघ, प्रदेशले कानुन निमार्ण गरेर सघीयतालाई बलियो बनाउन लागि परेको बताए ।

नेपालको समृद्धिको आधार भनेको जलस्रोत र पर्यटन भएकाले अवको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरी ५ हजार मेगावाट विद्युत विक्री गर्ने बताए । नेपाल सरकार र जनताकै लगानीमा जलविद्युत उत्पादन सम्भव भएको बताउदै मन्त्री पुनले नेपालीको आयआर्जनमा वृद्धि गर्न जलविद्युतमा खुल्ला शेयर आह्वान गर्न थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्