सपनीको आकाश रंगाउँछु



अच्युतप्रसाद पौडेल ‘चिन्तन’
औंसीको रातमा किन हुन्थ्यो र जून
अबलाको हातमा किन हुन्थ्यो र नून
मुसा रुने भकारीमा किन बस्थ्यो र घुन
बैगुनी संसारमा किन टिक्थ्यो र गुन
आकाश हराएको बेला किन हुन्थ्यो र घाम
बेहोसी बस्तीहरूमा किन बस्थ्यो र नाम
दैव नै परदेशिएको बेला किन हुन्थ्यो र धाम
गलेको शरीरलाई किन मिल्थ्यो र माम
तर पनि ।।।।
बस्ती बिरानो हुँदा पनि
दिनहरू ढल्दै जाँदा पनि
रंगीन पूmलहरूको बगैंचामा
आशाको तिर्खाहरू मेटाउँदै
तारा गन्ने रहरमा
अँधेरी रातको शहरमा
चम्किला किरण जगाएर
काला बादल फटाएर
उज्लायो सूर्य उदाउँछु
सपनीको आकाश रंगाउँछु
सपनीको आकाश रंगाउँछु।

प्रतिक्रिया दिनुहोस्