राजधानीमा ४ दिनसम्म निफ



राजधानीको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ९निफ० चार दिनसम्म चल्ने भएको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बिहीबार दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए। कार्यक्रममा दाहालले विश्वमा रहेका देशलाई एकअर्काबीच आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने चर्चा गर्दै महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भुगोललाई विश्वसामू चिनाउन सफल हुने बताए। क्याराभान फिल्मले नेपाललाई विश्वमा चिनाएको स्मरण गर्दै दाहालले ओस्करका लागि अझै त्यस्तो फिल्म बनाउन सल्लाह दिए। आफ्नो पहिलो कार्यकालमा नेपाली फिल्मको विकासका लागि नीतिनिर्माणसहित विभिन्न कार्य गरेको पनि अध्यक्ष दाहालले दाबी गरे।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले यस्ता महोत्सवबाट अन्तर्राष्ट्रिय फिल्म हेर्ने अवसर पाउने बताए। अभिनेता सुनील थापाले यो महोत्सव अरू अन्तर्राष्ट्रिय महोत्सवभन्दा कम नभएको चर्चा गरे। क्याराभानका निर्देशक एरिक भ्यालीले महोत्सवको सफलताको कामना गरे। महोत्सवको निर्णायक समितिका संंयोजक नीर शाहले पोखराबाट शुरू भएको महोत्सवमा सबै राम्रा फिल्म आएको र उत्कृष्ट छानेर पुरस्कृत गर्ने बताए। प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूला–साना प्रदर्शन गरिने जानकारी गराए। महोत्सवमा विभिन्न ६ सय फिल्मबाट उत्कृष्ट फिल्म छनोट गरी प्रदर्शन गर्न थालिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए। महोत्सवमा बंगलादेश, चीन, भारत, अमेरिका, जापान, सिंगापुर, मलेसिया, फिलिपिन्सलगायतका देशका कला, संस्कृतिसँग जोडिएका फिल्म प्रदर्शन गरिनेछ। नेपाली फिल्म हरि प्रदर्शन गरेर शुभारम्भ गरिएको महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तक्र्रिया, फिल्म कार्यशाला कार्यक्रम पनि गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्