परराष्ट्रमन्त्री ज्ञवाली आज जेनेभा जाँदै 



काठमाडौं, (नेस)
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज शनिबार स्वीजरल्यान्डको जेनेभा प्रस्थान गर्दै हुनुुहुन्छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४०औं सत्रमा सहभागी हुन उहाँ त्यता प्रस्थान गर्नुभएको हो।
नेपाल परिषद्को वर्तमान सदस्य राष्ट्र हो। परिषद्को आगामी सोमबारको उद्घाटन सत्रमा मन्त्री ज्ञवाली सहभागी रहनुहुनेछ भने उहाँले मंगलबार परिषद्को बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस अवसरमा उहाँले राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्त मिचेल ब्याचलेट र अन्य उच्च अधिकारीहरूसँग द्धिपक्षीय भेटवार्ता गर्ने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले गैरआवासिय नेपाली संघका पदाधिकारीसहित नेपाली समुदायसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्