नेपालको सम्पदा संरक्षणमा अस्ट्रियाको चासो



jftf{af/] hfgsf/L g]kfnÐ cli6Çof k|ltlglwd08n:t/Lo jftf{kl5 z’qmaf/ /fhwfgLdf k//fi6ÇdGqL k|bLks’df/ 1jfnL / cli6ÇofnL ljb]zdGqL sl/g lsgfO;n ;~rf/sdL{nfO{ jftf{af/] hfgsf/L lbFb} . tl:a/ M k|bLk/fh jGt,/f;;
नेपाल समाचारपत्र, काठमाडौं
अस्ट्रियाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा चासो व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ। सो मुलुकले सांस्कृतिक सम्पदा संरक्षणमा आवश्यक जनशक्तिको क्षमता अभिवृद्धिका लागि १५ करोड ४८ लाख रुपियाँ हाराहारीको सहयोग उपलब्ध गराउने भएको हो।
नेपाल भ्रमणमा रहनुभएकी अस्ट्रियाली विदेशमन्त्री डा। करिन किनाइसले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्र्तामा यस्तो सहयोगको घोषणा गर्नुभएको हो। सो सहयोग ललितपुरका सम्पदाको पुनर्निर्माणमा खर्च हुने बताइएको छ। ‘सहयोग रकम सानो हो, तर यसले नेपाल–अस्ट्रियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएकी छु।’ –मन्त्री ज्ञवालीसँगको भेटर्वातापछिको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री किनाइसले भन्नुभयो। भूकम्पपछिको पुनर्निर्माण नेपालको पूर्वाधार विकास, पर्यटन, ऊर्जाजस्ता क्षेत्रमा लगानी गर्न आफ्नो मुलुक सकारात्मक रहेको उहाँले बताउनुभयो।
नेपालले राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय शान्ति प्रक्रियामा पु¥याउँदै आएको योगदान प्रशंसा गर्दै मन्त्री किनाइसले अगामी दिनमा अन्तर्राष्ट्रिय र बहुपक्षीय फोरमा दुवै मुलुकले हातेमालो गर्नेबारेमा नेपाली समकक्षी ज्ञवालीसँग छलफल भएको जानकारी दिनुभयो।
राष्ट्रसंघ मातहतका विभिन्न फोरममा द्विपक्षीय सहकार्य गर्ने बारेमा पनि दुवै मुलुक सहमत भएका छन्। सो अवसरमा बोल्दै मन्त्री ज्ञवालीले अस्ट्रियाले बहुपक्षीय फोरममा नेपालजस्ता अल्पविकसित मुलुकसँग आगामी दिनमा हातेमालो गर्ने बारेमा छलफल भएको बताउनुभयो।
‘साथै सन् २०२० को नेपाल भ्रमणवर्ष र नेपालले तय गरेको लगानी सम्मेलनलाई सघाउन सो मुलुक तत्पर रहेको छ’, मन्त्री ज्ञवालीले भन्नुभयो– ‘व्यापार, लगानी, प्रविधि हस्तान्तरण, वातावरण संरक्षण, ऊर्जा, आतंकवाद उन्मूलनलगायतका विषयमा पनि महŒवपूर्ण छलफल भएको छ।’
यसै बीच शुक्रबार साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘नेपाल–अस्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रवृत्ति’ विषयक अन्र्तक्रियामा अस्ट्रियाली विदेशमन्त्री किनाइससहितको टोली सहभागी भएको छ। जलवायु परिर्वतन, पर्यापर्यटन र वातावरण संरक्षणका विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको मन्त्री किनाइसले बताउनुभयो। यसअघि सो मुलुककै प्रविधिमा आधारित मनकामना र चन्द्रागिरी केबलकार सञ्चालनमा रहेकाले आगामी दिनमा जलस्रोतसहित पूर्वाधार विकासका अन्य प्रविधि नेपाल भिœयाउन सकिने सम्भावनाबारे सो जमघटमा छलफल भएको थियो।
नेपाल–अस्ट्रियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन र सो मुलुकका तर्फबाट नेपालमा लगानी भिœयाउने वातावरण तय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सूचना अधिकृत सानुराजा पुरीले जानकारी दिनुभयो।
सो कार्यक्रमअघि विदेश मन्त्री किनाइसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटर्वाता गर्नुभएको थियो। सो अवसरमा नेपालको वातावरणसहित पूर्वाधार विकास, संस्कृृति सम्पदा संरक्षणमा सघाउन आफ्नु मुलुकले चासो लिएको र आगामी दिनमा यस्ता क्षेत्रमा सहयोग जारी रहने मन्त्री किनाइसले बताउनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ। भेटमा प्रधानमन्त्री ओलीले यसअघि सो मुलुकले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै त्यस्तो सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो।
यससँगै प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेस्टरले पनि शुक्रबार नै भेटवार्ता गर्नुभएको छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, सो मुलुकले नेपाललाई पु¥याउँदै आएको आर्थिक सहयोग, बेलायती सेनामा कार्यरत गोरखा सैनिकका समस्याजस्ता विषयमा छलफल भएको थियो। गोरखा सैनिकका समस्या र चासोको समय अनुकूल बनाउन प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउनुभएकोमा मन्त्री ल्याङकेस्टरले यसबारेमा छुट्टै प्राविधिक समिति बनाएर सुधारात्मक उपाय अवलम्बन गर्न बेलायलले पहल गरिरहेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्