आजदेखि फेरि मौसम बदली हुने संकेत, उपत्यकासहित देशभर पानी पर्ने सम्भावना



काठमाडौं,
पश्चिमी वायुको प्रभावका कारण आजदेखि उपत्यकासहित देशभरको मौसम फेरि बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।उपत्यकामा बिहान केहि समय आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ भने बाँकी भू(भागहरुमा आंशिक बदलि रहनेजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती पहाडी भु–भागका केही स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ भने उच्च हिमाली भु(भागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्