सलमानलाई सुपरस्टार बनाउने निर्माता रहेनन्



बलिउडका प्रसिद्ध फिल्म निर्माता राजकुमार बडजात्याको बिहीबार निधन भएको छ। अस्वस्थ भई मुम्बईस्थित सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बलिउडका दिग्गज निर्देशक सुरज बडजात्याको पितासमेत रहेका उनले भारतीय सिनेमा क्षेत्रमा कयौं यादगार सिनेमा दिएका छन्। उनलाई नायक सलमान खानलाई स्टार बनाउन अहम् भँमिका निर्वाह गर्ने निर्माताका रूपमा पनि चिनिन्छ।

राजश्री प्रोडक्सनको ब्यानरमा उनले पियाकी घर, मेने प्यार किया, हम आपके हे कौन, विवाह, मै प्रेमकी दिवानी हुँ, प्रेम रतन धन पायो जस्ता फिल्म निर्माण गरेका थिए। उनको पछिल्लो फिल्म हम चार हो। जुन पछिल्लो हप्ता मात्र रिलिज भएको थियो। बलिउड फिल्म क्षेत्रमा कोमल स्वभावका कारण उनलाई मानिसहरू राजबाबु भनेर बोलाउँथे। उनको निधनको खबर फैलिएपछि बलिउडका कलाकारले उनलाई सामाजिक सञ्जालमार्फत श्रद्धाजली दिएका छन्।

प्रतिक्रिया दिनुहोस्