ब्रिट्स अवार्डमा द १९७५ र काल्विनलाई सर्वाधिक अवार्ड



संगीतको क्षेत्रमा उत्कृष्ट काम गरेबापत प्रदान गरिने ब्रिटिस अवार्ड ब्रिट्स अवार्डको ३९आंै संस्करण लन्डनमा बुधबार सम्पन्न भएको छ।

अवार्ड समारोहमा द १९७५ तथा काल्विन ≈यारिसले सबैभन्दा बढी २–२ अवार्ड हात चुमेका छन्। द १९७५ ले वर्षको उत्कृष्ट ब्रिटिस सांगीतिक समँह तथा उत्कृष्ट एल्बमको अवार्ड चुम्दा काल्विनी ≈यारिसले वर्षको उत्कृष्ट ब्रिटिस निर्माता र गायिका दुआ लिपाको साथ उत्कृष्ट गायकको अवार्ड चुमे। ¥यापर ड्र्याक तथा गायिका एरियाना ग्रान्डेले अन्तर्राष्ट्रिय पुरुष र महिला एकल कलाकारको अवार्ड चुमे भने गायिका तथा लेखिका पिंकलाई संगीतमा दिएको योगदानका लागि सम्मान गरियो।

त्यस्तै जोर्जा स्मिथलाई एकल महिला कलाकार, जर्ज एजरालाई एकल पुरुष कलाकार, द कार्टसलाई अन्तर्राष्ट्रिय समँह, एड सिरानालाई ब्रिटिस ग्लोबल सक्सेस अवार्ड प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्