प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका डेजाबु क्लबका सञ्चालक पक्राउ



काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले  डेजाबु क्लबका सञ्चालक लाई ठगिको आरोपमा गएराती क्लब बाटै पक्राउ गरको छ। क्लबका सञ्चालक प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दार सहित ३ जनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले न्यूज अफ नेपाललाई जानकारी दिनु भयो ।

सो क्लबमा लगानी गरेका विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले उक्त क्लबका सञ्चालकरूलाई चेक बाउन्स र ठगिको अभियोगमा पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका अभियुक्तहरूलाई छुटाउन बिचौलियाहरू राजनीतिक नेतृत्व कहाँ धाउन शुरु गरेको स्रोतले बताएको छ ।

प्रहरीले उनीहरू विरुद्ध थप अनुसन्धानका लागि केहीबेरमै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लैजाँदैछ । पक्राउ परेका श्रेष्ठ नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा छन । महानगरीय अपराध महाशाखा टेकुले प्रतीक श्रेष्ठ भनिने प्रतीक हवल्दारलाई जबरजस्ती असुली, काठमाडौंमा गुण्डागर्दीको अभियोगमा मोष्ट वान्टेड सूचीमा राखेको छ । 

प्रतिक्रिया दिनुहोस्