मोदीद्वारा दक्षिण कोरियामा गान्धीको प्रतिमा अनावरण



सोल (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबार दक्षिण कोरियाको राजधानी सोलमा महात्मा गान्धीको प्रतिमा अनावरण गरे । उक्त अवसरमा गान्धीको सन्देसका माध्यमबाट आतंकवाद र जलवायु परिवर्तन समस्या समाधान गर्न सकिने उनले बताए ।

गान्धीको विचार र सोचको मद्दतले हामी आतंकवाद र जलवायु परिवर्त जस्ता दुई ठुला चुनौतीबाट पार पाउने सक्छौं ( मोदीले बताए । अहिले यस मुद्दाबाट मानवता गम्भिर रुपमा समस्यामा परेको उनले बताए ।

गान्धीले सँधै भावी पिढीको संसाधन र प्राकृतिक सम्पदा हत्याउने हक बर्तमान पिँढीलाई नभएको बताउने गरेको उल्लेख गर्दै प्रकृतिले मानवको आवश्यकताका लागि सबै कुरा दिएको उनले बताए । तर लालचको पुर्तिका लागि भने केहि कम भएको हुन सक्ने उनले बताए । गान्धीको १ सय ५० औ जयन्ती मनाइरहेको र सम्पुर्ण विश्व उनको सन्दश जान्न उत्सुक रहेको उनले बताए ।

दक्षिण कोरियामा भारतिय प्रधानमन्त्री मोदीलाई सोल शान्ति पुरस्कारबाट सम्मानित गरिनेछ । मोदीले ब्यापारिक तथा राजनितिक कार्यक्रममा पनि भाग लिने बताइएको छ । एसिलायी राष्ट्र्को दास्रो यो भ्रमणमा मोदीले भारत कोरिया ब्यापार गोष्ठीलाई पनि सम्बोधन गर्ने छ । दक्षिण कोरियाली राष्टपति मुन जे इनसँगको रात्री भोज लगायत भारत कोरियाली संसदिय समुहसँग पनि भेट्ने कार्यक्रम रहेका छ ।

गान्धीको शिक्षाबाट प्ररितछु: बान की मुन
संयुक्त राष्ट्र्का पुर्व महासचिव बान की मुनले विहिबार आफु महात्मा गान्धीको शिक्षबाट प्रेरित रहेको र प्रतिष्ठित योनसेई युनिभर्सिटीमा स्थापित उनको प्रतिमा दक्षिण कोरियालका जनताका लागि प्रेरणास्रोतको काम गर्ने बताए । प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण कोरियासँग कुटनितिक सम्बन्ध मजबुत बनाउन दुई दिवशिय भ्रमण सोल पुगेका छन् । उनले दक्षिण कोरियाली राष्टपति मुन जे इन र बान की मुनसँगै योनसेइ विश्वविद्यालयमा महात्मा गान्धीको प्रतिमा अनावरण गरेका हुन् ।

बानले भने ( यो कोरियाली जनता र विश्व विद्यालय विद्यार्थीका लागि अमुल्य उपहार हो । आफुले सन् १९७२ मा भारतबाट राजनितिक करियरको थालनी गरेको र महात्मागान्धीको सिद्धान्तबाट प्ररित भएको उनले बताए ।
बानले भने ( गान्धीले सात पाप भनेका थिए, बिना सिद्धान्तको राजनिति, बिना श्रमको धन, बिना अन्तरात्माको खुसी, चरित्रबिनको शिक्षा, नैतिकता बिनाको ब्यापार, मानवता बिनाको विज्ञान, बलिदान बिनाको पुजा । यो हामी सबैका लागि प्रेरणादायक छन् ।

प्रतिक्रिया दिनुहोस्