श्रमशील सेमिफाइनलमा



काठमाडौं, (नेस)
श्रमशील विद्यापीठ चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । श्रमशीलले करियरलाई १–० गोलले पराजित ग¥यो । प्रकाश बस्नेतले निर्णायक गोल गरे । करियरका विशाल रावल ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यस्तै एकलब्य र विनायक पनि जित आत्मासात् गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे । एकलब्यले मानाङ्क प्याराडाइसलाई १–० गोलले हरायो । सन्देश न्यौपानेले निर्णायक गोल गरे । मानाङ्कका सुदीप लामा ‘म्यान अफ द म्याच’ चुनिए । विनायकले अभिषेक ज्ञान मन्दिर (एजीएम) लाई टाइब्रेकरमा ३–२ गोलले निराश पा¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । एजीएमका विवेक गुरुङ ‘म्यान अफ द म्याच’ बने ।

प्रतिक्रिया दिनुहोस्