नेपाल बंगलादेश बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले २ अर्ब रुपियाँबराबरको हजार रुपियाँ अंकित दरले २० लाख कित्ता एनबीबी डिबेञ्चर २०८५÷८६ निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगान र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । २ अर्ब राबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला गरिनेछ ।

प्रस्तावित ऋणपत्र १० दशमलव २५ प्रतिशत वार्षिक ब्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्