आजदेखि महिन्द्रा उदय



काठमाडौं, (नेस) महिन्द्राले फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागेको बृहत् अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सम्पँर्ण तयारी पँरा भएको छ ।

महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पाटर्नर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा आयोजना गर्न लागेको यो लाइफस्टाइल एन्ड अटो शोमा कम्पनीका ३० भन्दा बढी उत्पादन शोकेस हुने छन् ।

उक्त मेलामा अटो प्रेमीका लागि महिन्द्राका ६ वटा नयाँ मोडलसमेत सार्वजनिक हुँदैछन् ।

अवलोकनकर्तालाई थप आकर्षण र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेला अवधिभर विभिन्न सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । जसमा नेपालका चर्चित कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्