सर्वोच्चले सोध्यो– ‘छुट्टै भवन संहिता लागँ गर्नुको कारण के हो ?’



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागँ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले लागँ गरेको राष्ट्रिय भवन संहिताको प्रतिकँल हुने गरी काठमाडांै महानगरपालिकाले छुट्टै कानुन बनाएपछि सर्वोच्च अदालतले त्यसको कारणसहित १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकालाई बिहीबार आदेश दिएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले संघीय सरकारले बनाएको कानुन प्रतिकँल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता बनाउनुको कारणसहित लिखित जवाफ पेश गर्न भनेको हो ।

महानगरपाकिाले लागँ गरेको भवन संहित उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै काठमाडांै उपत्यका विकास प्राधिकरणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्चले थप सुनुवाई गरी अन्तरिम आदेशबारे निर्णय गर्ने ठहर गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्