सिद्धार्थ बैंकको भरतपुर र गैंडाकोटमा शाखा खुले



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकको भरतपुर र गैंडाकोटमा दुई शाखाको स्थापना भएको छ ।
बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दाहाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गर्नु भएको थियो ।

त्यस्तै बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा भएको थियो ।
बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्सटेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १५० एटीएम र १२ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्