नयाँ ऐनले श्रम बजारलाई गतिशील बनाउने



नेपाल समाचारपत्र, काठमाडौं
उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरेअनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् ।

उद्यमी व्यवसायीहरूले नयाँ ऐनले श्रम बजारलाई गतिशील बनाउनुको साथै श्रम सम्बन्धको विकासमा पनि ठँलो प्रभाव पार्ने हुँदा श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा सबैको चासो हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनका बारे छलफल एवम् जानकारी दिने उद्देश्यले बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा महासंघका पदाधिकारीहरू, महासंघको सातै वटा प्रदेश च्याप्टका अध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका पदाधिकारीहरू र उद्यमी व्यवसायीहरू, श्रम रोजगार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुंदै महासंघका अध्यक्ष भवानी राणाले रोजगारदाताहरू संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिँदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष राणाले श्रम ऐन २०७४ को संरचनामा धेरै समस्या छैन । तथापि, हाम्रो विगतको अभ्यास, हाम्रो अर्थतन्त्र र व्यवसायको प्रकृतिले गर्दा यो ऐन कार्यान्वयनमा केही व्यवहारिक कठिनाई समेत भईरहेको सुनिनमा आएकाले सबै प्रतिष्ठान र क्षेत्रमा लागँ हुने गरी श्रम ऐन निर्माण हुनु, ऐनमा कतिपय नयाँ प्रावधान राखिनु र श्रमिकहरूको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने भएकाले खास गरी साना उद्योग प्रतिष्ठानलाई अप्ठेरो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष राणाले नयाँ ऐनको कार्यान्वयनमा आउने कठिनाई र समस्याको अध्ययन र उद्योग प्रतिष्ठानबाट प्राप्त राय सुझावका आधारमा ऐन नियममा आवश्यक सुधारको लागि पहल गरिने पनि बताउनु
भयो ।
महासंघको रोजगारदाता परिषद्का सभापति एवम् महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महत्वपँर्ण भुमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरहरूको क्षमता विकास गर्ने योजनाअन्तर्गत छलफल कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्नुभयो ।

परिषद्का सभापति ढकालले प्रदेश सरकारसँग महासंघको प्रदेश च्याप्टरहरूले सहकार्य गर्नुपर्ने हुँदा प्रदेश च्याप्टरले अन्य विषयका अतिरिक्त श्रम र रोजगार सम्बन्धी विषयलाई पनि प्राथमिकतामा राखि काम गर्नुपर्नेतर्फ बिशेष ध्यानाकर्षण गराउनुभयो ।

रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले महासंघका प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवम् रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायसँग कार्य गर्नुपर्ने हुँदा श्रम ऐन, नियम लगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न कार्यक्रम तय भइसकेको जानकारी गराउनुभयो । उहाँले कार्यक्रमबाट स्थानीय तहमा नयाँ ऐनका विषयलाई कार्यस्थलमा प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने विश्वाससमेत प्रकट गर्नुभयो ।

आईएलओ नयाँदिल्लीका रोजगारदाता गतिविधि सम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिसले रोजगारदाता र श्रमिकबीचको सौहाद्रपँर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफँ विश्वस्त रहेको बताउनुभयो ।

उहाँले नयाँ ऐनमा भएका व्यवस्थाहरूको सफल कार्यान्वयन हुन सकेमा नेपालको औद्योगिक विकासले चाँडै गति लिने समेत विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कानुनविद अनुपराज उप्रेती र श्यामराज अधिकारीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनका प्रावधानहरू र अर्थशास्त्री विश्व पौडेलले नेपालमा व्यवसायिक वातावरणका विषयमा प्रस्तुती दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्