दाङ लोडसेडिङ मुक्त जिल्ला घोषणा



दाङ ।
दाङलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको छ । पश्चिम दाङको बबई गाउँपालिका ६ स्थित च्याँटी खोलामा रहेको कुसुम–हापुरे राष्ट्रिय प्रसारण लाइन अन्र्तगत सवस्टेशनको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बढी भन्दा बढी विद्युत खपत गर्न आग्रह गरे । दुई सय मेगावाट क्षमताको राष्ट्रिय प्रसारण लाईन भएपनि एक तिहाई मात्रै माग रहेको भन्दै उनले नयाँ उद्योगधन्दा, कलकारखाना खोलेर विद्युतलाई खपत गर्न आग्रह गरेका हुन् ।

‘पहिला लोड सेडिङ भयो, पंखा पनि घुम्दैन, लाइन आउनेजाने गर्छ, डिम भयो भनेर मसंग तुलसीपुर र घोराही तिरका साथीहरुले गुनासो गर्नु हुन्थ्यो,’ उर्जामन्त्री पुनले भने–‘अब त्यो समस्या हट्यो धेरै उपयोग गर्नुस ।’ अबको पाँच बर्षमा जनताले मागे जति विद्युत उपलब्ध गराउने र तीन बर्षमा देशैभर विद्युत विस्तारको कार्यलाई तिब्र गतिमा अघि बढाउन स्वयतपत्र जारी गरेको भन्दै उर्जामन्त्री पुनले नेपालको पानी जनताको लगानीले यो अभियानलाई सार्थकतामा पु¥याउने बताए ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले दाङ, सल्यान, रोल्पा र रुकुममा जतिसुकै कलकारखान खुलेपनि त्यसलाई धान्न सक्ने क्षेमतको विद्युत शक्ति दाङमा आइपुगेको बताए ।

लमही–घोराही तथा तुलसीपुर विद्युतीय लाईन १२÷१५ मेगावाट मात्रै बोक्ने र तार पनि पुरानो भएकाले करेन्ट क्षेमता धान्न नसक्दा विगतमा दाङ लगाएत यसबाट जोडिएका छिमेकी जिल्लाले पनि लोडसेडिङको मार खेप्नु परेको बताए ।

यद्यपी पश्चिम दाङबाट विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइन दुई सय मेगावाट करेन्ट बग्न सक्ने क्षमता भएकाले दाङ अब सधै उज्याले जिल्ला हुने घिसिङले बताए । विद्युत विस्तारका क्रममा केही ठाउँमा विवाद भएकाले सम्झौता गरेका मितिले लाइन विस्तार कार्यमा केहि ढीलाई भएको निर्देशक घिसिङले बताए । उनले दाङमा विद्युत चोरीको तथ्याङ्क २६ प्रतिशत रहेको भन्दै यसलाई नियन्त्रण गर्नकालागि सहयोग पु¥याउन आग्रह समेत गरे ।

आयोजना प्रमुख मनोज चौंधरीको अध्यक्षतमा भएको कार्यक्रममा सांसद इन्द्रजीत चौधरी, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले अझै पनि जनताहरु विद्युतको पहुँचम पुग्न नसकेको भन्दै सरकारले छिटोभन्दा छिटो अध्यारो बस्तीलाई उज्यालो बनाउन कदम चाल्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्