चलचित्र ‘कबड्डी ३’ मा प्रदीपको इन्ट्री, दयाहाङ यथावत्



काठमाडौँ ।
अभिनेता दयाहाङ राईको सुपरहिट चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलमा अभिनेता प्रदीप खड्काको प्रवेश भएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी र कबड्डी २ दुवै हिट भएको थियो ।

व्यावसायिक हिसाबले पनि सफल रहेको चलचित्रको तेस्रो भागमा प्रदीप तय भएका हुन् । चलचित्रमा दयाहाङ भने यथावत् नै रहनेछन् । यसअघि दयाहाङसँग पहिलो र तेस्रो सिरिजमा निश्चल बस्नेत र सौगात मल्ल देखिएका छन् । बुझिए अनुसार यस पटक चलचित्रमा चकलेटी अनुहारको खोजिएको कारण प्रदीप फाइनल भएका छन् ।

प्रदीपको चलचित्रमा निश्चल र सौगातको जस्तै भूमिका रहनेछ । चलचित्रको लागी प्रदीपसँग निर्माण पक्षको मौखिक सम्भौता भएता पनि लिखित सम्झौता भने भएको छैन ।

चलचित्रका निर्देशक रामबाबुको अनुसार चलचित्रका कुनै कलाकारसँग लिखित सम्भौता नभएको कारण प्रदीप पक्का भइसकेका भन्न नमिल्ने बताउँछन् । कबड्डी ३को छायाङ्कन भने जेठको पहिलो साताबाट सुरु हुने छ ।यही चैत्र १५ गते रामबाबु निर्देशित साइँली रिलिज भएसँगै कबड्डी ३को काम सुरु हुने निर्माण पक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्