‘मुन्दुम ट्रेल’ विकास तथा प्रवद्र्धन सम्मलेन सम्पन्न



गणेश विष्ट, भोजपुर ।
मुन्दुम ट्रेल विकास तथा प्रवद्र्धन सम्मलेन २०७५ गरिएको छ । नेपाल सरकारले समेत नेपालको उत्कृष्ट १०० गन्तव्यमा छनोट गरेको यस पदमार्गको विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको हो ।

यसले मुन्दुम ट्रेलको विकासमा सहयोग पुग्ने देखिएको छ । नेपाल सरकारले उत्कृष्ट १०० गन्तव्यमा छनोट गरेको मुन्दुम ट्रेलको विकासका लागि मुन्दुम ट्रेल विकास तथा प्रवद्र्धन सम्मलेन गरिएको छ । भोजपुरको टेम्के डाँडा, चखेवा भञ्याङ, मैयुङ डाँडा, सिलिचुङ डाँडा सम्मको पदमार्गलाई मुन्दुम ट्रेलको नामाकरण गरिएको छ । सम्मलेनमा नेपाल टुरिजम बोर्ड, ट्रेकिङ एजेन्सी एशोसिएशन नेपाल (टान), पर्यटनविद्, वातावरणविद् र भोजपुर र खोटाङ्गका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

मुन्दुम ट्रेलले नेपालको पर्यटकिय आर्कषणका रुपमा चिनाउनको लागि पर्यटन वोर्डले भुमिका खेल्ने नेपाल टुरिजम वोर्डका वरिष्ठ डाइरेक्टर हिकमत शिंह ऐरले वताए । नेपाल सरकारले १०० ओटा गन्तव्यमा छनौट गरेर वजेट गरेकाले यसले पर्यटनको विकासमा टेवा पुग्ने देखिएको छ । यस टे«ल क्षेत्रबाट सवोच्च शिखर सगरमाथा, मकालु लगाएत हिमाल तथा तराईका समथर क्षेत्रको अवलोकन गर्न सकिन्छ । मुन्दुम ट्रेलले गाउँपालिकाको आर्थिक विकासको लागि सहयोग पु¥याउने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।

जसको लागि सरोकारवाला पक्षसंग मिलेर यसको विकास गरिने गाउँपालिकाको गाउपालिका अध्यक्ष ध्रुराज राईको भनाई छ । टेम्केमैयुङ गाउँपालिकाले गत आर्थीक वर्षमा नै मुन्दुम टे«लको डिपीआर तयार पारेको जनाएको छ । मुन्दुम ट्रेल अन्र्तगत पर्ने टेम्के डाँडाको उचाई समुन्द्री सतहबाट ३ हजार १६५ रहेको छ । त्यस्तै मैयुङ डाँडाको उचाई ३ हजार ३३३ र साल्पासिलिचुङ डाँडाको उचाई ४ हजार १५५ रहेको छ । जहाँबाट हिमालका मनोरम दृष्यसंगै तराईका फाँटलाई समेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्