अपराध लुकाउन अनैतिक सम्बन्धबाट जन्मिएको शिशुको हत्या



सरिता चलाउने, सल्यान ।
सल्यानमा अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संल्गन रहेको भन्दै जिल्लाको दार्मा गाउँपालिका –१ विष्टगाउँ निवासी २० वर्षीया लालमाया बुढामगर र दार्मा–२ किमटाकुरा का ३३ बर्षीय केशब सुनारलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

राजेन्द्र विष्ट २ बर्षदेखि वैदेशिक रोजगारमा रहेको र आरोपित बुढामगर र सुनारबीच अबैध सम्बन्ध रहेपछि गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको खुल्न आएको उनले बताएका छन् । माघ १६ गते राति बच्चा जन्माई जानिजानि भुईतलामा छोडी आफु माथिल्लो तलामा गई सुतेको र भोली पल्ट विहान मृत शिशुको लाश खाल्डोमा गाडेको खबर आएपछि सोही दिन आरोपित दुबैलाइ गिरप्mतार गरेको प्रहरीले जनाएको छ ।

घटनालाई ढाकछोप गर्न र आफु अपराधबाट बच्न उक्त नबजात शिशुको लाश खाल्डोमा गाडेको अनुसन्धानबाट खुल्न आएको र हिजो फागुन ८ गते आरोपित दुबैलाइ कारागार चलान गरेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्