घर र गोठमा करोडको चरेस



हेटौंडा ।
मकवानपुरको कैलाश गापा–१, डाँडाखर्क बोल्नेखर्कमा लागुऔषध तयारी चरेसको कारोबार भइरहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झासमेत टोली खटियो ।

प्रहरीले बुधबार विहान ४ बजे मेवा भनिने चन्द्रबहादुर घलानको घर तथा घरसँगैको गोठ खानतलासी ग¥यो । उनको घरबाट तयारी लागुऔषध चरेस २ सय ६७ पोकामा २ सय ७३ किलो र गोठबाट ५ वटा बोरामा चरेस बनाउन तयारी लागुऔषध गाँजाको धुलो १ सय ९० किलो फेला प¥यो ।

बरामद लागुऔषध चरेसको कारोबारमा संलग्न पशुपति भनिने जीवन तामाङ र घरधनी मेवा भनिने घलानलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रनि मधुकुमार थापाले बताउनुभयो । मकवानपुरप्रहरी प्रमुख प्रउ मुकेशकुमार सिंहले लागुऔषध चरेस बरामद गरिएको यो निकै ठूलो र करिब १ करोड बराबरको रहेको बताउनुभयो । उनीहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्