अफिमसहित एक जना पक्राउ



हेटौंडा ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडांैबाट खटिएका प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बस्नेत तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरसमेतको टोलीले विशेष सुराकीका आधारमा अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति करिब साढे ८ बजे हेटांैडा–२, संगमचोकस्थित सडकबाट तयारी कालो पदार्थ लागुऔषध अफिमजस्तो देखिने ५ सय ग्राम र झोलाभित्र गहुँको पिठो जस्तो देखिने सेतो धुलो ५ सय ग्राम फेला पारिएको हो ।

ती सामान बरामद गरी हरेरामप्रसाद कुशवाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्साको कालिकामाई गापा–२ बस्ने वर्ष २८ का कुशवाहलाई १५ वर्ष देखि जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्