ब्राउन सुगरसहित एक जना पक्राउ



विष्णु तिमिल्सना, बर्दिया ।
प्रहरीले ब्राउन सुगर सहित एक जना युवकलाई वर्दिया जिल्लाको बग्नाह क्षेत्रबाट पक्राउ गरी सार्वजनिक गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. १ बस्ने २८ वर्षका शिवराज पन्थलाई शंकास्पद रुपमा हिडि रहेको अवस्थामा पूर्व पश्चिम महेन्द्र राजमार्ग स्थित सिंहवाहिनी चोकबाट मंगलबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त पन्थको साथबाट ९ सय ग्राम २ समय लिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित बरामद गरेको र उक्त लागु पदार्थ लाई वुदिया बनाई निजले विक्री वितरण गर्दै आइरहेको कुरा खुलेको र अभियुक्त लाई लागु पदार्थ दुव्र्यासन तथा ओसार प्रसार नियन्त्रण ऐन अन्तरगत कारवाही गर्न प्रहरी अनुन्धानका लागि हिरासतमा राखिएको उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले जानकारी गराउनु भयो ।

बरामद गरेको ब्राउन सुगर मूल्य करिब ६५ हजार रु पर्ने र सो लागु औषधीले करिब १ सय ८० जना सम्मलाई प्रभावित पार्नेकुरा प्रहरीबाट जारी प्रेस नोटमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्