दुर्गम क्षेत्रमा गैरआवाशिय नेपालीसंघको स्वास्थ्य सेवा



धनवीर दाहाल,रुकुम ।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले गैरआवाशिय नेपाली संघ राष्ट्रिय परिषद स्विडेनले प्रयोगशाला भवन निर्माण सुरु गरेको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा टेलीमेडिसियन प्रयोगशाला भवन निर्माण सुरु गरेको हो । बिहिबार बाँफिकोट गाँउपालिकाको स्वास्थ्य शाखा छिन्खेतमा संघका अध्यक्ष अर्जुन श्रेष्ठले भवन सिलान्यास गर्नुभएको छ ।

कुल २९ लाख लागत रहेको सो भवनका लागी गैरआवाशिय नेपाली संघ राष्ट्रिय परिषद स्विडेनले १० लाख सहयोग गर्ने सम्झौता भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ्गले जानकारी दिनुभयो ।

गुरुङ्गका अनुसार बाँकी रकम गाँउपालिका र जनश्रमदानबाट भवन निर्माण हुनेछ । बिहिबार भएको भवन सिलान्यास कार्यक्रममा गैरआवाशिय नेपाली संघ राष्ट्रिय परिषद स्विडेनका अध्यक्ष श्रेष्ठले १० लाख संस्थाबाट र १ लाख आफ्नो श्रीमति सकुन्तला श्रेष्ठको आगामी मार्चमा परेको जन्मदिनको अवसरमा प्रयोगशाला भवन निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभयो ।

श्रेष्ठले बिदेशमा रहेका नेपालीहरुले यस्तै दुर्गम क्षेत्रको स्वास्थ्य संस्था निर्माणमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । आफु जुनसुकै ठाँउमा भएपनि देशप्रति माया रहेको बताउनुहुँदै उहाँले दुर्गम क्षेत्रमा सेवा गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।

बाँफिकोट र आसपासका जनताले स्वास्थ्य सेवा लिउन भन्ने ध्ययका साथ टेलिमेडिसियन प्रयोगशाला भवन निर्माणमा सानो भएपनि सहयोग गरेको उहाँको भनाई छ ।

बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले गैरआवाशिय नेपाली संघ राष्ट्रिय परिषद स्विडेन र सो संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठप्रति आभार प्रकट गर्दै आमागी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । आगामी जेष्ठ मशान्त भित्रै भवन निर्माण सम्पन्न गरी जनतालाई सेवा दिने लक्ष्य रहेको अध्यक्ष के.सीले जानकारी दिनुभयो ।

गाँउपालिका स्वास्थ्य तथा सरसफाई कार्यालय छिन्खेतमा प्रयोगशाला भएपनि घर भाडामा लिएर काम भइरहेको छ । आफ्नै भवन निर्माण गरी सेवा सुचारु गरेपछि बाँफिकोट गाँउपालिकाका साथै मुसिकोट नगरपालिका,आठबिसकोट नगरपालिका तथा रुकुम पुर्व जिल्लाको सिस्ने गाँउपालिका का केही भुभागबाट समेत जनताले सेवा लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्