नृत्य प्रतियोगिताको छनोट



लमजुङ, (नेस)। लमजुङमा छैठौं लमजुङ महोत्सवका अवसरमा आयोजना गरिएको जिल्लास्तरीय मावि नृत्य प्रतियोगिताको छनोट चरणको नतिजा घोषणा गरिएको छ। सो प्रतियोगिताका लागि विभिन्न पालिकास्तरमा गरिएको प्रतियोगिताबाट १२ मावि फाइनल प्रतियोगिताका लागि छनोट भएका छन्।

छनोट हुनेमा बेंसीशहर नगरपालिकाबाट जनविकास मावि चण्डीडाँडा र भूपू सैनिक आमावि बेंसीशहर, सुन्दरबजार नगरपालिकाबाट सयपत्री आमावि सुन्दरबजार, ग्लोबल भिजन आमावि फूलबारी, भूपू सैनिक आमावि भोटेओडार र विद्याज्योति मावि तार्कु, रागिनाश नगरपालिकाबाट बुद्धमिलन मावि प्यारजुङ, मध्यनेपाल नगरपालिकाबाट इशानेश्वर मावि भोर्लेटार र भोर्लेटारकै ग्रिनभ्याली आमावि, मस्र्याङ्दी गाउँपालिकाबाट अमर मावि, दोर्दी गाउँपालिकाबाट फलेनी मावि बन्सार र जयदेवी मावि दुवार छन्।

प्रतिक्रिया दिनुहोस्