बालिका बलात्कारको मुद्दा मुल्तबीमा



सप्तरी, बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ । आरोपित बस्ने घरमा भाँडा माझ्न गएकी १४ वर्षीया बालिकालाई २०७० फागुन २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले २०७० फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीले ०७० फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरे पनि फरार आरोपित पक्राउ परेका छैनन् । जिल्ला अदालतले २०७० चैत ५ गते आरोपितलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरे पनि हालसम्म फेला नपरेकाले मुद्दा मुल्तबीमा राखिएको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्