जंगलमा शिशुको सव भेटियो



रामचन्द्र वि.क., रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीको जंगलमा मृत अवस्थामा एक शिशुको सव भेटिएको छ । उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयहरुले पानीको पाइप हेर्दै जाँदा भुजीको थास्कुमा बुधबार अपरान्न मृत शिशुको सव भेटेका हुन् ।

साल–नाल काटेको मृत शिशुको सव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाउने वित्तिकै प्रहरी घटना स्थलमा पुगी कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि शिशुको सव प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धनको प्रक्रिया अगाडी बढाई सकिएको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्