नेपाली महिला क्रिकेट टीम थाइल्याडसँग भिड्दै



काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनौट खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा हुन लागेको खेलमा थाइल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । पहिलो खेलमा मलेसियाको महिला टीमलाई ३४ रनले पराजित गरेको नेपाली टीम आजज पनि उच्च मनोवलका साथमा मैदान उत्रनेछ । उता पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थाइल्याण्ड पनि दोश्रो जितको खोजीमा रहनेछ ।

एक खेलेको नेपाल २ अंकसहित तालिकाको दोश्रो स्थानमा छ भने समान एक खेल खेलको थाइल्याण्ड समान २ अंकसहित तालिकाको चौथो स्थानमा छ । नेपालले तेश्रो खेल भोलि युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्