स्वास्थ्य मन्त्रीद्वारा समलिंगी उपचारको विरोध



बर्लिन (एजेन्सी)
जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले लैंगिक झुकाव परिवर्तनको दावी गर्ने उपचारमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । समलिंगी कुनै रोग नभएको र यसका लागि कुनै उपचारको आवश्यक नभएको उनले बताएका छन् । जेन्स स्पान सयं एक समलिंगी हुन् ।

यसैबर्षको मध्य सम्ममा यस प्रकारको उपचारमाथि प्रतिबन्ध लगाउने कानुन जर्मनीले अपनाइसक्ने स्पानले बाम झुकाव राख्ने अखबार डाई ताजेसजेइतुंगलाई बताए । लैंगिक झुकाव परिवर्तन गर्ने यो उपचारले अमेरिकामा बलियो जरा गाडिसकेको छ । यसको उपयोग समलिंगी वा ट्रन्सजेन्डर युवाका आमाबुवाले उनीहरुको इच्छा विपरित गरिहेको बाहिर आइरहेको छ ।

केही उपचार विधिमा टेस्टोस्टेरोनको बढी मात्राको इन्जेक्सन दिने गरिन्छ भने केही विधिमा करेन्टको झट्का दिने गरिन्छ । स्पानले भने( म यी उपचारमा विश्वास गर्दिन , मुख्य कुरा के हो भने म पनि समलिंगी हुँ ।
चान्सलर एन्जेला मर्केलको रुढिवादी सीडीयु पार्टीले दक्षिण पन्थीको प्रतिनिधित्वपनि गर्छ । यदी मतदान भएमा आफना सहयोगीहरुबाट समर्थन पाउने अपेक्षा गरेको स्वास्थ्य मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्