पाकिस्तानलाई एक मौका दिनुपर्छ: महबुबा



जम्मु (एजेन्सी)
जम्मु काश्मीरका पुर्व मुख्य मन्त्री तथा पीडीपीका नेता महबुबा मुफ्तीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई एक मौका दिनु पर्ने बताएकी छिन् ।

पठानकोट देखि मुम्बई हमलासम्मका प्रमाणहरु पाकिस्तानलाई दिएको तर उसले कुनै कारवाही नगरेको सही भएको महबुबाले बताइन् । तर इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री भएको र उनलाई एक मौका दिनु पर्ने उनले सुझाव दिइन् ।

महमुबा मुफ्तीले भनिन् ( यतिबेला अनपढले मात्र युद्धको कुरा गर्न सक्छ । दुबै देशसँग परमाणु शक्ति छ, दुबै देशसँग वार्ता गर्ने अवसर पनि छ । युद्धको प्रश्न उठ्ला भन्ने मलाई लागेको छैन ।

मंगलबार पीडीपी अध्यक्ष महबुबा मुफ्तीले पाकिस्तानलाई बिना प्रमाण दोषी ठहर्याउन नहुने बताएकी थिइन् । उनले ट्विटमा भनेकी थिइन् , म सहमत छुइन् । पाकिस्तानलाई पठानकोटको डोजियर दिइएको थियो तर अपराधिहरुलाई दण्डित गर्ने कुनै कदम उठाइएन ।

उनले वार्ताका लागि कदम चाल्नु पर्ने उल्लेख गर्दै हालै मात्र पद सम्हालेकोले पाकिस्तानका प्रधानमन्त्रीलाई एक मौका मिल्नु पर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्