पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा भारतलाई चेतावनी



 

इस्लामावाद,(एजेन्सी)
पाकिस्तानले मंगलवार यदि भारतले भारत अधिनस्थ काश्मिरको श्रीनगरमा भारतिय फौज माथि भएको आत्मघाती लडाकु हमलालाई लिएर आफु माथि कुनै सैनिक कारवाही अघि बढाएको खण्डमा त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजन मार्फत सम्वोधन गर्ने क्रममा गत विहिवार पुल्वामा छयालिसजना भारतिय सैनिकको ज्यान जानेगरी भउको घटनामा पाकिस्तानको संलग्नता रहेको प्रमाण पेश गर्न भारतसंग आब्हान गरेका छन् ।

भारतिय सेना चढेको बसमा विस्फोटक पदार्थ भरिएको कार ठोकाइएको सो घटनाको जिम्मेवारी पाकिस्तान स्थित इस्लामिक लडाकु समुह जइस इ मोहमदले लिएको थियो । सो आक्रमणको कारण विगतमा दुईवटा लडाईं लडिसकेको आणविक शक्ति समपन्न भारत र पाकिस्तानबिच निक ैतनाव चर्किएको छ ।

सोमवार पनि भारत अधिनस्थ काश्मिरमा लडाकुहरुसंगको गोली हानाहानमा चार जना भारतिय सैनिकको ज्यान गएको थियो । सम्वोधनको क्रममा इमरान खानले भनेका छन् , ‘ भारतले विना आधार पाकिस्तानलाई दोष दिन बन्द गर्नुपर्छ । आक्रमणका घटनामा पाकिस्तानको संलग्नता रहेको प्रमाण भारतले दिनुपर्छ ।

यदि भारतले पाकिस्तानमा कुन ैआक्रमण गर्नेबारे सोच्छ भने पाकिस्तानले त्यसको प्रतिवाद गर्नेबारे मात्र सोचदैन बरु प्रतिवादै गर्छ । काशिमीरी समस्या वार्ताबाट समाधान गर्न सकिन्छ । ’ भारतले लामो समयदेखि पाकिसतानलाई भारत अधिनस्थ काश्मिरमा पृथकतावादी लडाकुहरुको समर्थन गर्दै आएको आरोप लगाउँदै आएको छ ।

गत वर्ष मात्र सत्तामा पुगेका इमरान खानले आफ्नो सरकार उक्त आक्रमणबारे अनुसनधान गर्न भारतलाई आवशयक सहयोग दिन तयार रहेको बताउनुका साथै स्थिरता तर्फ लम्किरहेको आफ्नो राष्ट्रलाई यस्तो आक्रमणबाट के फाइदा हुन्छ भनी प्रश्न समेत गरेका छन् ।

साथ ैखानले साउदी अरेवियाका युवराज मोहमद विन सलमान पाकिस्तान भ्रमणमा रहेकाले पनि आफुले काश्मिरको हमलाबार ेकहि प्रतिक्रिया नदिएको स्पष्ट पारेका छन् । केहि वर्ष यता ठूलो संख्यामा काश्मििरका युवाहरु लडाकु समुहहरुमा सम्मिलित हुने क्रम जारी रहेको बताइएको छ ।
यसअघि काश्मिर स्थित भारतको वरिष्ठ सैनिक कमानडर लेफटिनेन्ट जनरल के जेएस ढिल्लनले पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिसेज इन्टेलिजेन्स ( आइएसआइ ) यस हमलाका लागि जेइस इ मोहमदका कमान्डरहरुलाई प्रयोग गरेको अरोप लगाएका थिए । तर उनले यसवारे कुनै प्रमाण पेश गरेको थिएन ।

यसैबिच बिहीबार पुल्वामा जिल्लामा स्थानीय २० वर्षिय आदिल दारले विष्फोटक पदार्थले भरिएको कारलाई भारतीय अर्धसैनिक सीआरपीएफको गाडिमा ठोक्काएर सैनिकहरुको ज्यान लिएको घटना यता काश्मिरमा र काश्मिर बाहिर पनि कश्मिरीहरुमाथि घृणा र आक्रमणका घटना बढेका छन् । कयौं स्थानमा कश्मिरीहरु बसिरहेको बासस्थान खाली गर्न धम्की आइरहेको समाचार पनि आइरहेका छन् ।

देहराहदुनको एक शैक्षिक संस्थानमा भौतिकशास्त्र अध्ययनरत २३ वर्षिय निशार अहमद नामक एक छात्रले शुक्रबार एक भीडले उक्त क्षेत्रका कश्मिरी विद्यार्थीहरुमाथि हातपात गरेको बताएका छन् ।

अहमदले त्यसको भोलिपल्ट अर्थात शनिवार करिव ७० जना व्यक्तिकोे समूहले ‘देशद्रोही कश्मिरीहरुलाई गोली ठोक ,‘तिनीहरुलाई लखेट ’ भन्ने नारा लगाउदैं ¥याली निकालेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्