सरमानको स्वागत



नयाँ दिल्ली,(एजेन्सी)
साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणको सिलसिलामा बुधवार भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयमले विमानस्थल पुगेर उनको भव्य स्वागत गरेका छन् । सलमान भारतलाई ठूलो परमाणमा तेल बेचने पक्षमा रहेका छन् । साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन् । बुधबार नै प्रधानमन्त्री मोदी र युवराज सलमानबीच हुने वार्तामा हालै भारत अधिनस्थ काश्मिरको पुल्वामा भएको आत्मघाती हमलाबारे पनि विस्तृत रुपमा छलफल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्