आजदेखि आहा रारा कप शुरु



पोखरा, (नेस)
यसपटक पुरस्कार राशि वृद्धि गरिएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक टोली सहारा क्लबको सामना एपीएफसँग हुनेछ ।

फागुन १८ गतेसम्म आयोजना हुने प्रतियोगितामा पहिलो हुनेले ८ लाख १ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । जुन अघिल्लो पटकको भन्दा १ लाख नगद बढी हो । त्यस्तै गत वर्ष उपविजेता टोलीले ३ लाख ५१ हजार पुरस्कार रकम प्राप्त गरेकोमा यसपालिको उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार हासिल गर्नेछ । उपविजेतालाई ५० हजार रुपियाँ बढाइएको हो ।

प्रतियोगितामा आयोजक सहारा, मनाङ मस्र्याङदी, थ्रीस्टार, हिमालयन शेर्पा, धरान, पुलिस, आर्मी, एपीएफ, डाफिन्स फेमिली क्यामरुन र भारतको युनाइटेड सिक्किम गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले प्रतियोेगिताबाट १ करोड ३० लाख १ हजार नगद आम्दानी गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै प्रतियोगिताको अन्तिम १६ मा जित्नेले २० हजार र हार्नेले १० हजार नगद पाउनेछन् । यसैगरी क्वार्टरफाइनलमा जित्नेले ३० हजार र हार्नेले २० हजार थप रकम बोनस प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने चारै टोलीलाई समान ५० हजार नगद दिइनेछ । यसअनुसार फाइनल सम्म यात्रा गर्नेले थप १ लाख नगद हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्