जोकोभिचलाई चौथो पटक लोरेस अवार्ड



मोनाको, (एजेन्सी)
विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले चौथो पटक लोरेस वल्र्ड स्पोर्ट्सम्यान अवार्ड जितेका छन् । यसअघि उनले २०१२, २०१५ र २०१६ गरी तीन पटक उक्त अवार्ड हात पारेका थिए । महिलातर्फ भने अमेरिकी स्टार जिम्नास्ट सिमोन बाइल्सलाई उक्त अवार्ड प्रदान गरिएको छ । बाइल्सले गत वर्ष सम्पन्न विश्व च्याम्पियनशिपमा चार स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका थिए ।

यसअघि उनले २०१७ मा उक्त अवार्ड पहिलो पटक जितेका थिए । जोकोभिचले फ्रान्सका क्लियन एम्बाप्पे र क्रोएशियाका लुका मोड्रिच, फर्मूला वान च्याम्पियन लुईस ह्यामिल्टन, एनबीएका स्टार लेब्रोन जेम्स र केन्याका इलियुद किपचोगेलाई उछिन्दै चौथो पटक उक्त अवार्डमाथि कब्जा जमाएका हुन् ।

यो अवार्ड हरेक एथ्लीटले जित्न चाहन्छन: जोकोभिच
उक्त अवार्ड जितेपछि जोकोभिचले भने,–“यो एउटा यस्तो अवार्ड हो, जो हरेक एथ्लीट जित्न चाहन्छन् । यो जित्नु मेरो लागि ठूलो सम्मानको कुरा हो ।‘ जोकोभिचले जनवरीमा स्पेनका राफेल नाडाललाई फाइनलमा ६–३,६–२,६–३ ले हराउँदै कीर्तिमानी सातौं पटक अस्ट्रेलियन ओपन ग्रान्डस्लाम जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्