चिप्लोबेसी



कुटनीति अर्थात् डिप्लोमेसी । छिमेक र अन्यमित्र मुलुकसँगको सम्बन्ध सन्तुलित राख्न र प्रगाढ बनाउन डिप्लोमेसीलाइ एक अर्को मुलुकले प्रयोग गर्ने सिप भन्छन् क्यार । कुटनीतिक सिप धेरै ‘चीप’ पनि हुन नहुने अचाक्ली चुरिफुरी गर्न नी नहुने ।

यस्तो सिपको ढक तराजु नमिल्दा डामाडोल बन्ने, चिप्लिएपछि पुरानो ठाममा फर्किन हमहम पर्ने । कुटनीतिक व्यवहार ज्यादै संयमित र सन्तुलिन बन्नु र बनाइनुपर्छ, यस्तै सुनिन्छ बेला मौकामा । तर डिप्लोमेसीभित्र कहिले काहिँ अचाक्ली ‘चिप्लोबेसी’ हुन्छ भन्या । अहिले उता दक्षिण छिमेकतिर पाहुनालाई स्वागत गर्दा मोदीजीले डिप्लोमेसी भन्दा पनि चिप्लोबेसी लाइन समातेको चर्चा व्यापक छ ।

साउदी राजकुमार पाकिस्तानका विशेष पाहुना बनेर दिल्ली के छि¥या थिए मोदी स्वयं विमानस्थल पुगेर अंकमाल ग¥या दृश्य नियाल्दा चिप्लोबेसी लाइन छताछुल्ल भाछ । अस्ती कहिले क्यानेडेली प्रधानमन्त्री दिल्ली पुग्दा खैं त्यस्तो देखिएन । हाम्रा पीएमहरु र अन्य बरिष्ठ पोलिटिकल फिगर उता पुग्दा पनि मोदीले धेरै ढिलो मात्रै हात मिलाएको चर्चा सेलाएकै छैन ।

अहिले साउदी राजकुमार माथि मोदीको नयाँ मन्त्र ‘दिलसे’ हो या ‘मुटुमाथि ढुंगाराखी’ बुझ्न बाँकी छ । तर धेरैले प्रारम्भिक प्रतिक्रिया दिदै भनेका छन्–अहिले चिप्लोबेसी अचाक्ली भो ।

 

प्रतिक्रिया दिनुहोस्