दाफिन्स क्यामरुनसँग झापा स्तब्ध



बुटवल, (नेस)
बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कप फुटवलमा झापा ११ लाई स्तब्ध बनाउँदै पाहुना टोली दाफिन्स एफसी क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा दाफिन्सले ५–० गोलअन्तरले सानदार जित हात पारेको हो । यस वर्षको पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा उपाधि चुमेको क्यामरुन सेमिफाइनलमा पुग्यो । टोली सामु झापाको प्रदर्शन कमजोर देखिएको थियो । पहिलो हाफमा १ गोलको अग्रता लिएको क्यामरुनले दोस्रो हाफमा थप ४ गोल गरेको थियो ।

पहिलो हाफको २७ औं मिनेटमा वियिकको पासमा यानिकले हेडिङ् मार्फत पहिलो गोल गरेर टिमलाई अग्रता प्रदान गरेका थिए । पहिलो हाफमा अग्रता कायम गरेर उत्साहित भएको क्यामरुनको तर्फबाट दोस्रो हाफको ५ औं मिनेटमा पेटाङ्ले दोस्रो गोल गरे । ६१औं मिनेटमा झापाका पुजन उपरकोटीलाई घाईते बनाएका क्यामरुनका औरेल इनाम डवल एल्लोसंगै रातो कार्ड हेर्दै खेलबाट बाहिरिएका थिए ।

दुई गोलले अग्रता लिएसंगै १० खेलाडिमा सिमित बनेको क्यामरुनले बाँकी समयमा थप तीन गोल गर्न सफल भयो । झापाले भने क्यामरुनमा कम खेलाडी भएको फाइदा उठाउन सकेन । ७३औंैं मिनेटमा विपक्षि किपर अंगाडी बढेको मौका छोपी नियाले गोल गरेका थिए । अन्तिमतिर डिडेर टिनाले र वियीकले एक एक गोल थपेर जित सानदार जित संभव पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्