नबिल बैंकको क्यास ब्याकको योजना



 

काठमाडौं(नेस)
नबिल बैंकले आना नबिल स्मार्ट बैंक प्रयोगकर्ता (मोबाईल बैंकिङ) ग्राहकहरूलाई लक्षित गरी ५प्रतिशत क्यास ब्याक र ५ प्रतिशत छुटकोे योजना शुरु गरेको छ ।

यस योजना अन्र्तगत नबिल स्मार्टबैंक प्रयोगकर्ताले एनसेल र एनटिसीको मोबाईल टपअप गर्दा तत्कालै ५ प्रतिशत छुट पाउने छन् ।

त्यसैगरी नबिल स्मार्टबैंक प्रयोगकर्ताले आनो पहिलो पटक एनसेल र एनटिसीको टपअप गर्दा ५ प्रतिशत छुटका साथै ५प्रतिशत क्यास ब्याक पाउने छन् । क्यास ब्याक सम्बन्धित ग्राहकको खातामा भोली पल्ट जम्मा गरिने छ ।

यो योजना सीमित अवधिको लागी मात्र हुनेछ । ‘मोबाईल बैंकिङले दुरदराजमा भएका ग्राहकहरूलाई सरल र सुलभ तरिकाले बैंकिङ गर्न मद्दत गर्दछ । यस योजनाले यस बैंकका ग्राहकहरूको मोबाईल बैंकिङ मार्फत कारोबार गर्ने बानी बृद्धि गरी यसको उपयोगमा उल्लेखनीय संख्या बढाउने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्