सय वर्षमा सत्यमोहन जोशी, महानगरपालिकाले जन्म शताब्दी मनाउने



नेपाल समाचारपत्र, ललितपुर ।
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी तीन महिनापछि सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।तिथि अनुसार आउ“दो बैशाख ३० गते उहा“को जन्मदिन ।यस अवसरमा ललितपुर महानगरपालिकाले वर्षभरि विविध कार्यक्रम तय गरिएको छ ।

जोशीको जन्म ललितपुरको बखुम्बहालमा भएको थियो । यस अवसरमा शताब्दी महोत्सवको नाउ“मा एक वर्षसम्म विविध कार्यक्रम गर्ने महानगरपालिकाले निर्णय गरेको थियो ।त्यसका लागि महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।मूल समितिको गत माघ १० गते बसेको बैठकले वडा– ३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा १५ सदस्यीय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्म शताब्दी महोत्सव कार्यसम्पादन समिति गठन गरिएको थियो ।

‘सिंगो राष्ट्रले सम्मान गरिसकेका जोशीको सय वर्षको जन्मदिन ललितपुरवासीले झन् महत्वको दिन हो ।’ कार्यसम्पादन समितिका संयोजक महर्जनले बुधबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो ।
महानगरपालिकाले जोशीको अप्रकाशित कृति समेत प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एक वर्षभित्र गर्ने कार्यक्रमको सूची सार्वजनिक गरेको छ । कार्यक्रममा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिष्ठान एवं केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ ।

कार्यक्रमको खाका
वडाअध्यक्ष महर्जनका अनुसार ‘ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी’ भाषा र तस्वीर अंकित हुलाक टिकट र स्वर्ण मुद्रा निस्काशन गर्ने, जोशाले लेख्नुभएको चारुमती ब्याले प्रदर्शन गर्ने, जोशीको प्रतिमा राख्ने, महानगरपालिकाको कुनै मार्गलाई जोशीको नाउ“मा नामाकरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी स्मारिका प्रदर्शन गर्ने, वाङमय क्षेत्रमा योगदान पु¥याउनेलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने, जोशीको दिनचर्या समेटिएर अडियो, भिडियो प्रकाशन गर्ने, विभिन्न संस्कृति, चाडपर्व बारे केन्द्रीत जोशीको प्रवचन रेकर्ड गराउने, लेख रचना लेखाउन प्रस्ताव गर्ने पनि तय गरिएको छ ।

त्यसैगरी जोशीबाट पाटन संग्रहालयभित्रको भण्डारखाल बगै“चाको शिलान्यास गराउने, पत्रकार कल्पना महर्जन मार्फत जोशीको तस्वीर, महानगरपालिकाको लोगो सगरमाथाको चुचुरोमा पु¥याउने कार्यक्रम पनि तय गरिएको छ । यसका लागि महानगरपालिकाले सगरमाथा आरोहण गर्ने पत्रकार महर्जनलाई आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ ।आर्थिक सहयोग भने यकिन गरिसकेको छैन । महर्जनले यस अघि नेपालबाट सगरमाथा आरोहण गर्नुभएको थियो । अब उत्तरी मोहदाबाट पत्रकार महर्जनले सगरमाथा आरोहण गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जोशीको नगरपरिक्रममा गरी कार्यक्रमको शुभारम्भ गर्ने पनि महानगरपालिकाले जनाएको छ ।‘यी कार्यक्रम प्रारम्भिक प्रस्तावना हुन् । यसमा विस्तृत गृहकार्य गर्नुपर्ने खा“चो छ । अहिले नै ती कार्यक्रमहरु गर्न यतिउति खर्च लाग्दछ भनेर मैले भन्न सकिने अवस्था छैन ।’ महानगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो ‘ केही रकम महानगरपालिकाले व्यर्हाेने छ । केहीका लागि सहयोगी दाताहरुको खोजी गरिने छ । ’ अरुबाट आर्थिक सहयोग लि“दा महानगरपालिका र जोशीको व्यक्तित्वमा नकारात्मक असर गर्न नहुनेतर्फ विशेष सजग रहने पनि प्रमुख महर्जनको भनाई रहेको छ ।

सांस्कृतिक नगरी बनाउन माग
यसपछि भएको छलफलमा स्थानीय पाठ्यक्रममा सत्यमोहन जोशीको जीवनीलाई समावेश गर्नुपर्ने, अप्रकाशित कृति र नाटक प्रकाशन गर्नुपर्ने, जोशीको सपना अनुसार ललितपुरलाई सांस्कृतिक नगरी बनाउनुुपर्ने सहभागीहरुले जोड दिएका थिए । २०६९ सालमा भएको १८ औं नगरपरिष्दमा प्रमुख अतिथिको रुपमा बोलाइएका जोशीले ललितपुरलाई सांस्कृतिक नगरी बनाउनुपर्ने धारणा राख्नुभएको थियो । सांस्कृतिक नगरी वा ‘हेरिटेज शहर’ स्मार्ट शहर रहेको सुझाव दि“दै सहभागीहरुले त्यसका लागि उचित पूर्वाधार बनाउ“दै जानुपर्नेमा जोड दिएका थिए ।‘जोशीको अप्रकाशित कृतिको प्रकाशन, उहा“को योगदान आधुनिक पुस्ताले बुझ्ने र सोचको कार्यान्वयन नै उहा“प्रतिको सच्चा सम्मान हुने छ । ’ सहभागी सुरेन्द्रमोहन जोशीले भन्नुभयो

सहभागीहरुले राखेको जिज्ञासाको उत्तर दि“दै महानगरपालिकाको प्रमुख महर्जनले जोशीको जीवनी स्थानीय पाठ्यक्रममा राख्ने, जोशीको अप्रकाशित कृति प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस अघि महानगरपालिकाले जोशीलाई यताउति जान सजिलो होस् सुरक्षा गार्ड र गाडीको सुविधा दिएको थियो । भने जोशीको इच्छा अनुसार महानगरपालिका परिसरमा पुल्चोकमा १२ औं शताब्दीका महानकलाकार अरनिकोको सालिक राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्