शेयर बजारमा दोहोरो अङ्कले कमि



काठमाडौँ ।
मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनःघटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२।७२ बिन्दुले घटेर एक हजार ११२।२३ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।५७ बिन्दुले घटेर २३६।३४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६२ कम्पनीको छ लाख ८१ हजार १३८ कित्ता शेयर रु १६ करोड ६१ लाख ७३ हजार ६२८ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका १० उपसमूहमध्ये उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह ८।६९ बिन्दुले बढ्दा बैंकिङ ८।७१, होटल ७।८३, विकास बैंक १३।४२, जलविद्युत् २०, वित्त ०।३१, निर्जीवन बीमा १०५।४५, अन्य ४।२७, लघुवित्त १९।३३ र जीवन बीमा १६७।८३ बिन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।८४ प्रतिशतले कमाएका छन् । यस्तै श्रीराम सुगर मिल ९।४०, जेबिल्स फाइनान्स ३।०८ र पूर्णिमा विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पाँच प्रतिशतले गुमाएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्