प्रधानसेनापति थापाद्वारा राजविराजको निरीक्षण भ्रमण



काठमाडौँ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा संचालन भईरहेको बृहत निस्शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको अवलोकन गर्नुभएको छ । थापाले त्यहाँको अवलोकन पत्तचात खोटाङ्गस्थित शेर गणको समेत निरीक्षण भ्रमण गर्नु भएको हो ।

सोहि क्रममा थापाले उक्त मेडिकल शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिई शेर गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे समेत जानकारी हासिल गर्नुभएको हो ।
उहाँ आजै काठमाण्डौँ आउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नेपाली सेनाले संचालन गरेको उक्त मेडिकल शिविर फागुन १ गते उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समुद्धाटन गर्नुभएको थियो ।
हालसम्म उक्त मेडिकल शिविरबाट २१६ जना सल्यक्रियाका बिरामीहरु सहित २० हजार ९ सय ५५ जनाले स्वास्थ्य उपचारको सुविधा लिएका छन् ।
उक्त शिविर फाल्गुन ११ गतेसम्म संचालनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्